एउटै भेडाको ३५ किलो ऊन

एजेन्सी । अष्ट्रेलियाको जंगलमा एउटा अनौठो घटना घटेको छ । पाँच वर्षदेखि जंगलमा हराइरहेको भेडाको शरीरबाट ३५ किलो ऊन निकालिएको छ ।
ऊन निकाल्नुअघि उक्त भेडा झण्डै–झण्डै ऊनको गोला जस्तै भएको थियो । ऊन झिक्नुअगाडि यो भेडा जंगलमा यता–उता गरिरहेको थियो ।

जब मानिसले यसलाई देखे उनीहरुलाई यो भेडा नभएर ऊनको गोला जस्तै लागेको थियो । जब यसको ऊन निकालियो ऊन देख्दा सबै छक्क परे कारण यो ऊन झण्डै ३५ किलो थियो ।
भिक्टोरियन स्टेट फरेस्टमा यता उता गरिरहेको अवस्थामा मानिसको समूहले यो भेडा देखेका थिए । त्यसपछि यसलाई ‘एनिमल रेस्क्यू सेन्टर’ मा ल्याइएको थियो । उक्त सेन्टरमा नै भेडाको ऊन निकालिएको थियो ।

भेडाको ऊन निकालिएको भिडियो सोसल मिडियामा निकै भाइरल समेत बनेको थियो । ऊन निकालिसकेपछि भेडा फरक देखिएको थियो । विगत पाँच वर्ष देखि यो भेडा जंगलमा हराइरहेको थियो ।
जसका कारण उसको शरीरमा यति ऊन जम्मा भएको थियो । मिशन फर्म सेंचुरीका संस्थापक पाम अहेर्नले यति धेरै ऊन शरीरमा लिएर भेडा बाँचेकोमा विश्वास नै गर्न नसकिने बताए ।

पामका अनुसार जब यो भेडा सानो थियो त्यही बेला जंगलमा हराएको हुनुपर्छ जसका कारण पाँच वर्ष यसको ऊन काटिएको थिएन ।
शरीरमा धेरै ऊन भएका कारण भेडा राम्रो सँग हिँड्न पनि नसक्ने थियो । शायद यसको ऊन नकाटिएको भए गर्मी भएर यसको मृत्यु पनि हुनसक्थ्यो । तर, यो भेडा अहिले सुरक्षित छ र यसको हेरविचार पनि भइरहेको छ ।







