सुर्खेतको मटेलामा जन्म्या चुली क्लवले त खेलकुदको क्षेत्रमा चुनौती नै दिओ त हँ

सुर्खेतको मटेलामा जन्म्या चुली क्लवले त खेलकुदको क्षेत्रमा चुनौती नै दिओ त हँ । सायद नेपालको पश्चिमि क्षेत्रमा भलिवल खेलाँ यति ठूलो धनरासीको प्रतियोगिता गराएको यो पहिलो नै हुनसक्छ ।

सरकारबाट कुनै सहयोग नलिने भन्ने कसम नै नखाए नी प्रदेशस्तरीय खुला पुरुष भलिवगल प्रतियोगिता सरकारको सहयोग विना यतिधेरै धनरासी पुरस्कार राखेर खेल आयोजना गर्नु भन्या चानचुने आँट हैन ।

कर्नाली जस्तो गरिवि ठाउँमा आयोजना गर्न लागिएको पुरुष भलिवल प्रतियोगितामा प्रथमलाई २ लाख, द्धितियलाई डेढलाख र तृतीयलाई १ लाख पुरस्कारसहित ५ लाख ६० हजार पुरस्कार मात्रै राखेर खेल आयोजना गर्नु भन्या केटाकेटी खेल हैन ।

यति धेरै पुरस्कार राशीको भलिवल प्रतियोगिता भएका घटना कमै होलान् । अथवा छैन होला । युवाहरुलाई उत्साहित गराउन खेलको आयोजना सरकारले नै गराउनुपर्ने हो । तर खेल आयोजनागर्ने क्लवलाई सुक्को नगिराउने मुख्यमन्त्री, मन्त्री र सरोकारवाला मन्त्रालयका कर्मचारीको ब्यवहार देख्दा साह्रै टिठ मान्नुपर्ने अवस्था आएको छ ।

वीरेन्द्रनगरदेखि १०० किमि उत्तर दुर्गम गाउँ मटेलामा जन्म्या क्लवले निजि क्षेत्रका मानिसहरुको सहयोगमा यति ठूलो प्रतियोगिताको आयोजना गर्न कस्सिनु । तर प्रदेशको सरकार भने चुनदाम नदिने अडानमा बस्नु सायद आयोजकहरु मन्त्रीका मानिस नहुन सक्छन् भन्ने कुराको अनुमान सर्वसाधारणले गर्नुलाई अन्यथा मान्नुपर्ने अवस्थानी छैन ।

आफ्ना कार्यकर्तालाई मात्र पोष्न उद्यत देखिने कर्नाली सरकारले आर्थिक सहयोग नगरेरै पनि चुली क्लवका साथीहरुले जसरी चैत ११ देखि १४ गतेसम्म खुला भलिवल प्रतियोगिता वीरेन्द्रनगरमा गर्ने आँट ग¥या छन् । त्यसलाई साहासिक मान्नैपर्छ । चुली क्लवको यो प्रयास सफल होस् ।

र निजी क्षेत्रले खेलाडिहरुलाई उत्साहित गराउन जसरी क्लवको प्रस्ताव स्विकार गरी सरकारकै भरमा सबै बाँचेका छैनन् भन्ने जुन उदाहरण पेश गरेका छन् । यसलाई जनताले सम्मान गनै पर्छ । अन्तमा यो प्रतियोगिताले भविष्यमा पनि निरन्तरता पाउँदै जाओस् । मेरो शुभकामना ।
–वेदर्षि

सुर्खेतको मटेलामा जन्म्या चुली क्लवले त खेलकुदको क्षेत्रमा चुनौती नै दिओ त हँ

१९ वर्षीय युवा घर खोज्दै सुर्खेत आइपुगेपछि‍‍‍‍‍‍…

सुर्खेतको मटेलामा जन्म्या चुली क्लवले त खेलकुदको क्षेत्रमा चुनौती नै दिओ त हँ

मोदीले भ्रमण गर्ने भएपछि बंगलादेशमा व्यापक विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!