ला लिगा : रियल सोसिडाडविरुद्ध बार्सिलोनाको शानदार जीत

काठमाडौं । रियल सोसिडाडविरुद्ध उत्कृष्ट जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति सोसिडाडको मैदान रियल सर्जोरस स्टेडियममा भएको खेलमा पाहुना टोली बार्साले ६–१ गोलको जित निकाल्यो ।
बार्साको जितमा लियोनल मेस्सी र सर्जियो डेस्टले २–२ तथा एन्टोनी ग्रिजम्यान तथा ओसुमाने डेम्बेलेले १–१ गोल गरे ।

सोसिडाडका लागि एन्डर बारेनेटेक्सियाले शान्त्वना गोल फर्काए ।
गएरातिको जितसँगै बार्सिलोनाले २८ खेलबाट ६२ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ६६ अंक छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ६० अंक छ।
गएराति नै भएको खेलमा शीर्ष स्थानको एट्लेटिकोले अलावेशविरुद्ध १–० गोलको जित निकालेको थियो ।
त्यस्तै भिल्लारियलले काडिजलाई र भ्यालेन्सियाले ग्रानाडालाई समान २–१ ले पराजित गर्दा भाल्लाडोलिड र सेभिल्ला तथा गेटाफे र इल्चे ११ गोलको बराबरीमा रोकिएका थिए।






