गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागहरुमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए । सोमबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

पानी पर्ने प्रणाली कमजोर रहेकाले केही दिन मौसम यस्तै रहने मौसमविद् अर्यालले बताए । यसैबीच सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब २ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

ला लिगा : रियल सोसिडाडविरुद्ध बार्सिलोनाको शानदार

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

माओवादी छाडेर एमाले गएका धर्मराज रेग्मीमाथि कारबाही

Leave a comment

Your email address will not be published. Required fields are marked *