माओवादी छाडेर एमाले गएका धर्मराज रेग्मीमाथि कारबाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेशसभा दलले प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीका लागि प्रक्रिया बढाएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) माओवादी केन्द्रबाट निर्वाचित रेग्मीले पार्टी परित्याग गरी एमालेमा लागेको भन्दै प्रदेशसभा दलले कारबाहीका थालेको हो ।

रेग्मीले अर्को दलको केन्द्रीय सदस्य र प्रदेश समिति सचिव पद स्वीकार गरेको र प्रदेश सभा दलको बैठकमा पनि उपस्थित नभएको माओवादीले आरोप लगाएको छ ।
माओवादी केन्द्रको प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले तत्काल आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्र पार्टीमा सिफारिस पठाइएको जानकारी दिइन् ।
थाहाखबरबाट






