म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टर सिटी ३९ वर्षपछि एफए कपको सेमिफाइनलमा

एजेन्सी । लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लेस्टरले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराउँदै एफए कपको अन्तिम चारमा पुगेको हो ।
लेस्टर ३९ वर्षयता पहिलोपटक सेमिफाइनलमा पुगको छ ।

किङ पावर स्टेडियममा भएको खेलमा केलेची इहेनाचाले दुई गोल गरे ।
यसअघि चेल्सीले पनि सेमिफाइनल प्रवेशका लागि सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको थियो ।
अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ। अर्को सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।






