प्रदेश स्तरिय भलिबल प्रतियोगीताकाे लागि ११ टीम दर्ता, प्रथम पुरस्कार २ लाख

सुर्खेत : चैत्र ११ गतेबाट सुरु हुने प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीतामा ११ ओटा टीमहरु दर्ता गरिएको छ ।
वीरेन्द्रनगर सुर्खेतमा चुली युवा क्लव सुर्खेको आयोजनामा प्रथम चुली कप २०७७ प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीतामा ११ वटा टीमहरु दर्ता गरिएको हो ।
ठुलो नगद राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीता भएकाले कर्णाली प्रदेश बाहिरको खेलाडीहरुले पनि भाग लिजएको क्लवका अध्यक्ष महेश जिसीले बताएका छन् ।

अहिले सम्म दर्ता भएका टीमहरुमा गण्डकी प्रदेशको १ टीम, पश्चिम रुकुम २, सल्यान १, सुदुपश्चिम १, दैलेख १, कालिकोट १, गल्कोट युवा क्लव वाग्लुङ्ग १, प्रदेश प्रहरी, नेपाल आर्मि र सशस्त्र प्रहरी एपिएफ गरि ११ टीमहरु दर्ता गरिएको उनले जानकारी दिए । खेलहरु चैत्र १२ गतेबाट दिउँसो हुने उनको भनाई छ ।
प्रतियोगीतामा प्रथम हुनेलाई २ लाख नगद पुरस्कार रहेकको उनले बताए । द्धितीयलाइ १ लाख ५० हजार,तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार नगद पुरस्कार रहेको उनले जानकारी दिए ।
उत्कृष्ट विधाहरुमा वेष्ट प्लेयर लाई १५ हजार,वेष्ट स्पाइकरलाई ७ हजार,वेष्ट सेटरलाई, वेष्ट ब्लकर,वेष्ट डिफेन्डर, वेष्ट सर्भर र बेष्ट कोचरलाई ७ हजार ५ सय नगद पुरस्कार रहेको उनले बताए ।
टिम दर्ता शुल्क १० हजार मात्र रहेको भलिबल खेलका संयोजक मोतिराम नेपालीले बताएका छन् । कर्णाली प्रदेश लगाएत अन्य प्रदेशका खेलाडीहरुले पनि भाग लिएको उनले जानकारी दिए ।






