वीरेन्द्रनगरका शैक्षिक गतिविधि बैशाख मसान्तसम्म वैकल्पिक विधिबाट संचालन हुने

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र (विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्र) मा २०७८ बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थिति नभई अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि संचालन गर्ने जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
विश्वभर देखा परेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ माहामारीको रुपमा फैलिदै गर्दा संक्रमण पनि बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय सुर्खेतको आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको बैठक यस्तो निर्णय गरेको हो ।
यस्तै शैक्षिक गतिविधिको लागि अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजर गरी सम्वन्धित पालिकाले व्यवस्था मिलाउनु पर्ने छ । भने विद्यालय तथा कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गनुपर्ने निर्णयल भएको प्रशासनले जनाएको छ ।
यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल बैशाख मसान्तसम्स को लागि बन्द हुने भएका छन् ।







