२०८३ असार २ गते
×

Now Playing

हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला

हुम्लाको जिल्ला प्रशासन कार्यालयको सामुन्ने रहेको कर्मचारी मिलन केन्द्र नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

कर्मचारी मिलन केन्द्रको शौचालयको सेफ्टी ट्यांकी नजिकै उक्त शंकास्पद वस्तु भेटिएको हो ।

सरसफाईका क्रममा पाइप बमजस्तै देखिने शंकास्पद वस्तु भेटिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

जमिनमुनि गाडिएको अवस्थामा सरसफाई गर्ने व्यक्तिले उक्त बस्तु देख्दा शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त बस्तु ‘जनयुद्ध’को समयमा छुटेको बम हुनसक्ने प्रहरीको आशंका छ।

द्वन्द्वकालमा त्यसको नजिकै रहेको जिल्ला विकास समितिमा माओवादीले बम विष्फोट गरेको थियो ।

थप अनुसन्धानका लागि नेपाली सेनाको टोली शंकास्पद बस्तु भेटिएको स्थानतर्फ जाँदै गरेको शर्माले बताए ।

हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला

‘नेकपा एमाले संसदीय दलको विधान २०७७’ अनुमाेदनका

हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला

बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *