नेकपा समाजवादीले पालिका देखि वडा स्तरसम्मै तोक्यो ,अध्यक्ष,इन्चार्ज र स( इन्चार्ज
दुर्गा विसि : नेकपा एकीकृत समाजवादी सल्यानले सल्यानका १० वटै स्थानिय तहमा अध्यक्ष, सहईन्चार्ज र वडा इन्चार्ज लगायत पदमा नेताहरूको कार्य विभाजन गरेको छ ।
पार्टी कार्यालय खलङ्गामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैठकले लिइएका निर्णयहरू सार्वजनिक गर्दै बुधवार सल्यान खलङ्गामा बसेको पहिलो बैठक बाट पालिका अध्यक्ष सहईन्चार्ज र वडा इन्चार्जको जिम्मेवारी तोकेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको पार्टीको अध्यक्षमा रविराज शर्मा,सहईन्चार्जमा टोप बहादुर विष्ट र पठ बहादुर बिस्ट, कालिमाटी गाउँपालिकामा अध्यक्षमा ज्ञान्द्र केसी सहईन्चार्जमा रबीलाल बस्नेत, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कुल बहादुर बुढाथोकी, सहईन्चार्जमा ग्रिदल बोहरालाई जिम्मेवारी तोकिएको छ ।
यस्तै कपुरकोटमा अध्यक्षमा दुर्गा पुन,सह इन्चार्ज टोपबहादुर केसी, सिद्धकुमाख गाउँपालिका अध्यक्षमा चित्र बहादुर चलाउने, सह इन्चार्ज मनवीर बस्नेत, बागचौर नगरपालिका अध्यक्ष प्रेम डाँगी, सह इन्चार्ज टोपबहादुर डिसी, कुमाख गाउँपालिका अध्यक्ष शेरबहादुर रावत, सह इन्चार्ज तिलक केसी र खड्क आचार्य रहनु भएको छ ।
दार्मा गाउपालिका अध्यक्ष यज्ञ बहादुर चन्द, सह इन्चार्ज नरबहादुर नेपाली र कविकुमार चन्द, छत्रेश्वरीमा गोविन्द केसी अध्यक्ष र सहइञ्चार्ज बुद्धा केसी, शारदा नगरपालिका अध्यक्ष हेमेन्द्र बहादुर बुढाथोकी, उपाध्यक्ष रोमप्रकाश थापा, रामसिंह बुढाथोकी, सचिव नवराज बुढाथोकी, उपसचिव लालबहादुर श्रेष्ठ,निमबहादुर बस्नेत र शान्ता नेपाली ,सह इन्चार्ज निमबहादुर नेपाली, विजय सिंह, राजेश विक रहनु भएको छ ।
यस्तै समाजवादीले विभिन्न विभागीय जिम्मेवारी पनि तय गरेको छ । पाटी प्रशिक्षण विभाग प्रमुख उदय बोहरा, उप प्रमुख दुर्गा पुन,आर्थिक विभाग प्रमुख राम खड्की उप प्रमुख निमबहादुर नेपाली , सङ्गठन र प्रचार विभाग प्रमुख रमेश कुमार गौतम, उप प्रमुख भोला केसी रहनु भएको छ ।
यस्तै समाज कल्याण विभाग प्रमुख निमबहादुर नेपाली, उपप्रमुख रामचन्द्र रेग्मी,स्थानीय तह विभाग प्रमुख मानबहादुर चलाउने, युवा विभाग इन्चार्ज विजय सिंह र सह इन्चार्ज खड्क आचार्य , महिला विभाग इन्चार्ज तिला बुडा,प्रमुख पवित्रा केसी, उप प्रमुख प्रभा डाँगी, विद्यार्थी मोर्चा इन्चार्ज तिलक नेपाली ,दलित मोर्चा इन्चार्ज राजेश विक, सह इन्चार्ज नियमबहादुर विक, पूर्णिमा विक,मुस्लिम मोर्चा इन्चार्ज अरस अलि मिया, सह इन्चार्ज लाल मोहम्मद र सहकारी विभाग प्रमुख प्रेम डाँगी , सचिव रमेश वली तोकिएको छ ।
नेकपा एकीकृत समाजवादीले जिल्लामा ३८ वडामा कमिटी निर्माण गरिएको सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडामा मङ्सिर भित्र गठन गरिसक्ने निर्णय भएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे जिल्ला अध्यक्ष उदय बोहराले एमालेको मूल नेतृत्वले जनता प्रति गद्दारी गरेकाले आफूहरू नयाँ पार्टी गठन गरेर गाउँ वस्तिमा अभियानमा रहेको बत्ताउनुभयो ।





