लकडाउनले लाेकल कुखुरा बिक्री नभएपछि व्यवसायी चिन्तित

दुर्गा विसि
सल्यान । जिल्लाकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा,६ मा लाेकल कुखुरा व्यवसायी गर्दै आएका सितल विक लकडाउनमा कुखुरा बिक्री नहुदा ठुलो मारमा परेका छन् ।
वडा,६ काे सुनौलि वजार नजिकै याे लाेकल कुखुरा फर्म रहेको छ।लकडाउन भए पछि सितलका दुईहजार वढि कुखुरा बिक्री नभए फर्ममा थन्किएका छन् । सितलकाे लाखौंको आम्दानि चौपट्टै वनेकाे स्थानीय रामवहादुर रावतकाे भनाइ रहेको छ ।

कुखुरा बिक्री हुने समयमा ठ्याक्कै लकडाउन भयो, हाेटल व्यवसायी समेत बन्द भए पछि कुखुरा बिक्री हुन नसके सितलकाे भनाइ छ । तयारी भएका लाेकल कुखुरा बिक्रीवितरणका लागि सबै ठाउँ जुहाड गरियो तर कतै मेसाे नपाएको उनको दुखेसो छ ।
पहिलोपटक उक्त व्यवसायी राेजेर लाेकल कुखुरा व्यवसायी गर्दै आएका उनी यतिखेर तनावमा छन् । भएको लगानी डुब्ने तरखरमा छ,पाकेको वालिमा असिना परे जस्तै भएको छ । थाेरैतिनै भए यतै बिक्रीवितरण गर्न सकिन्थ्यो तर दुई हजार वढि कुखुरा कहाँ बिक्रि गर्ने भन्ने कुराले सितल रातदिन निकै चिन्तित वनेकाे वताउने गरेका छन् ।






