नागरिकता कीर्ते गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ

नागरिकता कीर्ते गरेको आरोपमा पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पर्सागढी नगरपालिका–३ का सुजित थापा मगर पक्राउ परेका हुन् । सुजितसँग दुईवटा नागरिकता रहेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

बुधबार अपरान्ह गाउँमै हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुजितले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीमा पर्साको पर्सागढी नगरपालिका–३ बस्ने खुमबहादुर थापाको छोरा सन्तबहादुर थापाको नामको नागरिकता फेला परेको  थियो ।

जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०७५ पुस ४ गते जारी भएको ना.प्र.नं. ३४–०१–७५–१४२७४ को सक्कल नेपाली नागरिकता प्रमाणपत्र र सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि गरी दुई थान नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।

तर प्रतिलिपि नागरिकतामा सुजितले सन्तबहादुरको फोटोको ठाउँमा आफ्नो फोटो टाँसी कीर्ते कार्य गरेको देखिएकाले पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

बिहीबार पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूर मुद्दा शीर्षकमा ५ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

नागरिकता कीर्ते गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ

छेउमै भेरी, जमिन बाँझै !

Leave a comment

Your email address will not be published. Required fields are marked *