‘चीनबाट खोप आउने सुनिश्चित भए छिट्टै अर्को चरणको अभियान सुरु गर्छाैँ’

काठमाण्डौ । चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ ।

चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमार्फत् खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २/४ दिनभित्रै आइपुग्ने उहाँले बताए ।

चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको उनले जानकारी दिए ।

नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् ।

अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उनकाे भनाइ छ ।

आउनुपर्ने खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ ।

नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै भित्रिएको थियो ।

यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै, कोभ्याक्समार्फत् नेपालले अनुदानमा तीन लाख ४८ हजार डोज खोप पाएको थियो ।

कोभ्यासमार्फत् आउनु पर्ने थप खोपमा ढिलाइ र भारतसँग खरिद गरिएको खोप समयमा नआउँदा खोप अभियान तत्काललाई रोकिएको छ।

स्वास्थ्य मन्त्रालयले भारतबाट आउन बाँकी १० लाख डोज खोप ल्याउनेबारे भारतसँग छलफल भइरहेको बताउँदै आएको छ ।

‘चीनबाट खोप आउने सुनिश्चित भए छिट्टै अर्को चरणको अभियान सुरु गर्छाैँ’

‘कर्णालीलाई अर्गानिक बनाउन सहयोग गर्नेछु’

Leave a comment

Your email address will not be published. Required fields are marked *