‘कर्णालीलाई अर्गानिक बनाउन सहयोग गर्नेछु’

मानिसका धेरै सपना हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर पनि सपनाहरु बुनिन्छन् । यहीक्रममा गन्तव्य पहिल्याउन कयौं अन्यौंलता उत्पन्न हुन्छ । सुर्खेतको साविकको जुर्वुटा गाविस दमारीमा जन्मिएका छवि पौडेलले सानैदेखि कृषि क्षेत्र सुधार गर्नुपर्छ भनेर लक्ष्य लिए । त्यही लक्ष्यअनुसार उनले कृषि क्षेत्रकै पढाइ गरे । अनि उनी सफल पनि भए । प्रस्तुत छ, आजको जम्काभेटमा सहकर्मी टेकराज केसीले उनै पौडेलसँग गरेको भलाकुसारीको सम्पादीत अंश :

 

बाल्यकालमा दुख

बुवा अनन्तलाल पौडेल र आमा पदमकुमारी पौडेलको कोखबाट २०१३ सालमा हालको वीरेन्द्रनगर १३ र साविकको जर्वुटा गाविसको दमारीमा जन्मिएका छवि घरको कान्छो छोरा हुन् । उनका तीन भाइ र दुई दिदी छन् । उनको बाल्यकाल एकदमै दुखले वित्यो ।

उनी सानै हुँदा उनका बुवाको निधन भयो । अनि घरको कामसँगै पढाइलाई पनि निरन्तरता दिनुपर्ने अवस्था थियो । उनी सानैदेखि मेहेनती थिए । परिश्रममा विश्वास गर्ने उनको स्वभाव थियो । बाल्यकालदेखि नै उनी कृषि क्षेत्रको सुधार गर्नुपर्छ भनेर सोचिरहन्थे । र उनले यो क्षेत्रको सुधारमा लाग्नुपर्छ भनेर आँट गरिरहेका थिए ।

एमएसी थाइल्याण्डबाट

उनले त्यतीबेलाको जन व्यवसायीक माध्यमीक विद्यालय वीरन्द्रनगरमा एसएलसीसम्म पढे । एसएलसी उतिर्णपछि उनी कृषि विज्ञान पढ्नको लागि रामपुर क्याम्पसमा गए । त्यहाँबाट आइएसीइ र विएससी गरिसकेपछि उनले लोकसेवामा परीक्षा दिए । घरको आर्थिक अवस्था मध्यमखालको थियो ।

उनले आफुसँग जेछ त्यही खाएर पढाइलाई निरन्तरता दिइरहे । उनी विएसीपछि लोकसेवाको तयारीमा लागे र २०४० सालमा सरकारी जागिरे बने । कृषि अनुसन्धान केन्द्रबाट जागिर सुरु गरेका उनलाई सरकारी छात्रवृत्ति मिल्यो । र उनले एमएसी थाइल्याण्डबाट २०७५ सालमा पूरा गरे ।

छविको पालामा पढाइलेखाई गर्ने मानिसहरुको संख्या कम हुन्थ्यो । गाउँका अरु मानिसहरु पढाइलाई त्यती ध्यान दिदैन्थे । पढ्नुपर्छ भन्ने मानिसहरुमा चेतना पनि थिएन । तर उनले पढाइलाई भने निरन्तरता दिइरहे । अहिले उनी ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतको प्राचार्य छन् ।

अनि घरमा विजुली बलेन…
उनले सानो अवस्थामा धेरै संघर्ष गर्नुपर्यो । बुवा नभएका छविले एक्लो महशुस गर्थे । एउटा योजनाले झुप्राखोलाबाट सानो जलविद्युत निकालिएको थियो । सबै घरमा बत्ति बालियो । तर छविको घरमा बत्ती बाल्न दिइएन । त्यसको एउटा मात्र कारण थियो, उनको आमा एकल महिला हुनु ।

उनी सम्झन्छन, ‘अहिले त महिलाहरुलाई हेर्ने दृष्टिकोण धेरै राम्रो छ, पहिले त यती समस्या थियो, आमालाई गाउँलेले दिने पीडाले मलाइ पनि ठुलो समस्या पारेको थियो ।’ उनले सामाजिक पीडासँगै आफ्नो पढाइलाई निरन्तरता दिइरहे ।
घरको घाँस, दाउरा काट्दै गोठाला जाँदै पढाइलाई निरन्तरता दिए ।

उनको परिवारलाई सामाजिक रुपमा गरिने विभेदले उनलाई अझै प्रेररणा मिल्यो । उनले यी सबैको अगाडी केही गरेर देखाउनुपछ्र्र भन्ने सोचले यहाँसम्म आइपुगेको बताउँछन् । त्यतिबेला उनका अरु साथीहरु खेल्न जान्थे । तर उनले घरका सबै काम गर्नुपथ्र्यो । उनी सानैदेखि भलाद्मी थिए ।उनी अरुजस्तो चकचके स्वभाव राख्न मन पराउदैन्थे ।

उनको लामो मेहनतपछि २०४० सालमा उनले सरकारी जागिरी स्थायी रुपमा नियुक्ती पाए । सुर्खेतको कृषि अनुसन्धान केन्द्रबाट जागिरी शुरु गरेका उनी अहिले बाल्यकाललाई सम्झदै भन्छन्, ‘म सबै कुरा बुझ्थे, तर बाहिर भन्दैन्थे ।
म धान रोप्न, गोठालो जान्थे, त्यसले के सिकायो भने सबैको लागि चाहिने भनेको त कृषि हो, त्यसैले म कृषि क्षेत्रमा नै लाग्नुपर्छ भन्ने सोच बनाएको थिए । र त्यही प्रेरणाले यो क्षेत्रमा प्रवेश गरेको छु ।

परिवारको साथ
परिवारको साथ भने उनले धेरै पाए । उनी सानैदेखि मेहेनती थिए । जुन क्षेत्रमा लागे पनि यसले केही गर्न सक्छ भनेर आमा, दाईभाइ र दिदीहरुले भन्ने गर्थे । जसरी भए पनि पढ्नुपर्छ भनेर भनिरहन्थे । छवि जतीसुकै दुख परे पनि अरुलाई सम्झाउने र पीडा लिनुहुन्न भन्ने सोच राख्थे । त्यही भएर पनि घरको विश्वासी बनेका थिए उनी ।

उनको आमाले समाजको पीडा सहनुपर्दाको अवस्था सम्झिएरै उनी अगाडी बढिरहेका थिए । आमाले पनि आफु जस्तोसुकै दुखमा पनि छोराहरुलाई राम्रो बनाउन चाहन्थिन् । अहिले आफु यहाँसम्म आउनुको पछाडी पहिलो प्रेरणा आमा भएको उनी बताउँछन् ।

त्यतीमात्र नभएर उनका दाईभाइ र दिदीहरुको साथ पनि धेरै पाए उनले । उनकी जीवन संगिनीले पनि उनलाई सफल बनाउन महत्वपूर्ण साथ दिइन् । उनले जीवनलाई संघर्षमय बनाउनुपर्ने र यसले मानिसलाई सफल बनाउने सुझावसमेत दिन्छन् ।

भावी योजना
करिव ३५ वर्ष कृषि क्षेत्रमा जागिरे सेवा गरेका उनको भावी योजना भनेको पैसा कमाउनु होइन, कर्णालीलाई अर्गाानीक बनाउन सहयोग गर्नु हो । उनले कृषि क्षेत्रको सुधारमा आफनो ज्ञानलाई प्रयोग गरी सेवा गर्ने योजना रहेको बताउछन् । उनी अहिले पनि स्वतःस्फुर्त रुपमा युवाहरुले गर्ने कृषि कर्ममा सहयोग गर्ने र सुझाव दिने गर्दछन् ।

अदालतले दुवैपार्टीलाई आ-आफ्नो घर फर्काएपछि म पनि

‘कर्णालीलाई अर्गानिक  बनाउन सहयोग गर्नेछु’

‘चीनबाट खोप आउने सुनिश्चित भए छिट्टै अर्को

Leave a comment

Your email address will not be published. Required fields are marked *