अदालतले दुवैपार्टीलाई आ-आफ्नो घर फर्काएपछि म पनि फर्किए : सासंद बिष्ट

सुर्खेत । कर्णाली प्रदेश सभा सासंद ठम्मर विष्टले अदालतले दुवै पाटिलाई आ-आफ्नो घर फर्काएपछि आफु पनि आफ्नै मुल घरमा फर्किएको बताएका छन् ।
सुर्खेत विमानस्थलमा पत्ररकारहरूसग कुरा गर्दै सांसद विष्टले यस्तो बताएका हुन् ।

उनले आफु सत्ता पक्ष दलको नेताभएता पनि कर्णाली सरकारको आलोचना, समीक्षा गर्दा सरकारको प्रतिपक्ष जस्तो देखिएर लुकीरहेको बताए । उनले भने ‘महिले गरेको उक्त काम हाम्रो जनताका पक्षमा थियो, नेकपाभित्र हस्ताक्षर क्याम्पेनिडहरू, अविस्वासको प्रस्तावजस्ता कुरामा पटकपटक सहभागिता जनाएको जस्तो गरेर नेताहरूको ठुलो दवाव हुदाँहुदैँ पनि म जनताको पक्षमा उभिएको थिए ।’

यस्तै प्रचण्ड /नेपालसमुह कर्णालीमा आउदा सरकार परिवर्तनको कुरा जोडदार उठेको र एक महिनाभित्र सरकार, मन्त्रिमण्डल हेरफेर गर्ने सहमति समेत भएको बताए ।

उनले भने ‘नेकपाभित्र एउटा पक्ष यामलाल कडेल र अर्को सरकारी पक्ष थियो, हिजोको सहयोगको गम्भीर समीक्षा हुनुपर्छ, सरकार आफ्नो पार्टीको हुदा हुदैपनि अविश्वास प्रस्ताव, संसदमा आलोचना गरिएकै हो, अबपनि जनप्रतिनिधि, पार्टीको कार्यकर्ता भएकाले अदालतको फैसला र पार्टीको निर्देशन कार्यान्वयन गरी अगाडी बढ्ने प्रतिवद्व व्यक्त गर्दछु ।’

अदालतले दुवैपार्टीलाई आ-आफ्नो घर फर्काएपछि म पनि फर्किए : सासंद बिष्ट

YUGAAWHAN NATIONAL DAILY (2077-12-06)

अदालतले दुवैपार्टीलाई आ-आफ्नो घर फर्काएपछि म पनि फर्किए : सासंद बिष्ट

‘कर्णालीलाई अर्गानिक बनाउन सहयोग गर्नेछु’

Leave a comment

Your email address will not be published. Required fields are marked *