बिएण्डसीलाई सम्बधन दिन लागेको भन्दै डा केसीको आपत्ति

काठमाडौं : ​झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको प्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन् ।

काठमाडौं विश्वविद्यालयले बिएण्डसीलाई सम्बन्धन दिन आज उपयुक्त ठहर्‍याएको थियो। डा केसीले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ  । काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

त्यस्तै सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापालगायत पदाधिकारीहरू पदीय दुरुपयोग र भ्रष्टाचारमा चुर्लुम्म डुबेको केसीले आरोप लगाएका छन्।

उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्ने पनि केसीले माग गरेका छन्।

काठमाडौं विश्वविद्यालयले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगमा सोमबार लेखी पठाएको थियो। काठमाडौं विश्वविद्यालयले गरेको भनिएको निरीक्षण प्रतिवेदन ‘फर्जी’ रहेकाले त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्नसमेत उनले माग गरेका छन्।

बिएण्डसीलाई सम्बधन दिन लागेको भन्दै डा केसीको आपत्ति

सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे

बिएण्डसीलाई सम्बधन दिन लागेको भन्दै डा केसीको आपत्ति

कर्णालीमा कांग्रेस तत्काल सरकारमा नजाने

Leave a comment

Your email address will not be published. Required fields are marked *