घुँयत्राे : डाक्टरलाई कारबाही गर्ने भन्दै छन् । मन्त्रीपरिषदले निर्णय गरेकै हो भने, कति नम्बरमा भाछ ? त्यो भन्नु पर्ने नी । खै त्यो निर्णय ?

कर्नाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बरलाई कारबाही गरिने भन्ने खालको सम्चार सामाजिक सन्जालाँ देखेसी यसो कमेन्ट पढमन त भन्ने लायो । यसो खोलेर हेरेको त डाक्टरलाई कारबाही गर्छु भन्ने मन्त्रीविरुद्ध गालीगलौज देख्दा लाग्यो जनता कर्नाली सरकारविरुद्ध कति आक्रोशित रैछन् त भन्ने थाहा भो ।

कोरोनाले च्यापेको यतिदिन भैसक्यो प्रदेश अस्पतालाँ मान्छे बेढ नपाएर र अक्सिजन नपाएर छट्पटाई राछन् । जुन कुरा सारा कर्नालीबासीलाई थाछ । अस्पतालको अबस्था, दिनहुँ मान्छे मर्ने र अस्पतालले केही सुविधै दिन नसक्ने भएछि अस्पतालाँ बिरामी भर्ना गरेर मात्रै दायित्व पूरा नहुने सम्झेर अब अस्पतालले भार खेप्न नसक्ने र बिरामी भर्ना नलिने निर्देशकले सूचना जारी गरे । जुन तपाईं हामी सबैले पढेकै हो ।

सूचना आउने बित्तिकै जनताले चारैतिरबाट कर्नाली सरकारलाई थुकेछि डाक्टरलाई कारबाही गर्ने भनेछि स्याबासी पाईन्छ भनेर होला कर्नालीको सरकारले डाक्टरलाई कारबाही गर्छम् भनेर धम्की देको  । कुनै प्रदेशले नगरेको काम अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याउने र माओवादीको भर्ति केन्द्र बनाउने सोच पनि तिमीहरुले नै बनायौ ।

र आफ्नो नाममा अस्पताल बनाएर आफ्ना मान्छे भर्ना गर्ने भर्ती केन्द्र बनायौ । आफ्नो अधिनाँ अस्पताल बनाउन ेमात्रै हैन कि, अस्पतालको स्तरोन्नति, सुविधासम्पन्न, जनशक्तिको पर्याप्तता लगायत सबै कुराले परिपूर्ण अस्पताल बनाइ देकोभा डाक्टरले विरामी भर्ना लिन नसक्ने भन्ने चिठि लेख्ने अवस्था आउँथ्यो र ? पक्कै पनि आउँथेन ।

यो महामारीमा दिनरात नभनेर जुटेबम डाक्टरका लागि के सहयोग गर्नुपर्छ भनेर आउनुपर्ने ठाँ आफ्ना कमजोरी लुकाउन डाक्टरलाई कारबाही गर्ने भनेर बोल्ने मन्त्रीलाई नै कर्नालीका जनताले लखेट्न सक्छन् भन्ने हेक्का सरकार प्रवक्ताले राख्या खोई ?

तिमी मन्त्रीहरूलाई याद हुनुपर्छ कर्नाली प्रदेश तिमीहरु र तिमीहरका नेताले दिएर बनेको हैन । वीरेन्द्रनगरकै जनताले नेताहरुलाई भागाभाग पारेछि त्यसबाट बच्न यो प्रदेश दिएका हौ । त्यसैले यहाँका मान्छेलाई कमजोर सम्झेर डाक्टरलाई कारबाही भनेका हौ भने त्यो तिम्रो भूल हो । अहिले २/४ दिन पदमा छौ । पदबाट फुत्किएको भोलिपल्ट काँ जान्छौ ?

तिम्रो निगरानी जनताले राम्रोसित गर्नेछन् । त्यसैले समय छँदै सम्हालिँदा राम्रो । मन्त्रीपरिषद्ले के के निर्णय गर्याे ? त्यो सुनाउने वा सार्वजनिक गर्ने काम मात्रै प्रवक्ताको हो । तर नभा निर्णय सुनाउने काम यिन्ले काँट पाए ? र डाक्टरलाई कारबाही गर्ने भन्दै छन् । यदि मन्त्रीपरिषदले कारबाही गर्ने निर्णय गरेकै हो भने पनि निर्णय नम्बर कतिमा त्यो निर्णय भाछ ? त्यो भन्नु पर्ने नी । खै त्यो निर्णय ? महामारीमा सबै सम्हालिएकै राम्रो । कि कसो ?

वेदर्षि

घुँयत्राे : डाक्टरलाई कारबाही गर्ने भन्दै छन् । मन्त्रीपरिषदले निर्णय गरेकै हो भने, कति नम्बरमा भाछ ? त्यो भन्नु पर्ने नी । खै त्यो निर्णय ?

बजेट कार्यान्वयन होस्

Leave a comment

Your email address will not be published. Required fields are marked *