जिल्ला प्रशासन सुर्खेतद्धारा कालाे बजारी राेक्न बजार अनुगमन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतकाे टाेली आज बजार अनुगमन गरेकाे छ ।
प्रशासनकाे नेतृत्वमा प्रशासकीय अधिकृत श्रीशमशेर रानामगर, ना.सु. नवराज बम, खरिदार पूर्ण बहादुर रावत, पत्रकार चिन्तामणी कडेल लगायत नेपाल प्रहरीका सुरक्षाकर्मीहरुबाट वीरेन्द्रनगर नगरपालिका ६ स्थित बजार क्षेत्रमा रहेका १४ वटा खाद्य पसलहरुको अनुगमन गरिएकाे हाे ।
उक्त अनुगमनका क्रममा बजारमा दाल, चामल, पिठो लगायतका खाद्य सामग्रीहरु अभाव नरहेको पंशासनले जनाएकाे छ । र अनुगमन टाेलीले केही पसलहरुबाट म्याद नाघेका विस्कुट, प्याकेट माछा, पानीपुरी, स्यवै, दालमोट, चिजबल २ पेटी, फुरनदाना १ पेटी जफत गरी नष्ट गरिएको साथै पसलहरुमा अनिवार्य मुल्यसुची टाँस गर्न, ग्राहकहरुलाई अनिवार्य बिल दिन र स्वास्थ्य मापदण्ड पालना गरी पसल संचालन गर्न समेत निर्देशन दिएकाे छ ।
https://www.youtube.com/watch?v=kg1QHJmPuZw






