हैन ! ओलीबा का मान्छेहरु साह्रै कडा गाँठे

हैन ! ओलीबा का मान्छेहरु साह्रै कडा गाँठे । हेर्नुस् न ४ नं प्रदेशको सरकारबाट जनमोर्चाले हात तान्नेवित्तिकै अब यो चित्रबादुर केसीले कोकोसँग मिलेर खेल खेल्छ भनेर मध्यराताटै (बुधबार) प्रदेश सभाको बैठक बन्द ग¥या छौँ भनेर सूचना पो जारी हुन्छ त गाँठे ।

ओलीबाले केन्द्रको सरकार त खाएखाए, अब प्रदेशका सरकारलाई नि पालै शान्ति खान्छन् कि क्या । १ नं प्रदेशको सरकारकाविरुद्ध आउनेलाई खेलाइखेलाई घामाँ सुत्ने बना बेलाँ फेरि पोखरेली सरकारविरुद्ध आउनेलाई खेलाउन शुरु ग¥याछन्, हेरम कतिसम्म खेलाउँछन् ।

अनेक वहाना खोज्दै जनता बेबकुफ बनाउँदै हिँडने ओलीबाको शिक्षाचाइँ चानचुने हैन । कहिले मेलम्चीको पानीले खाल्टै पा¥यो भनेर पत्रकारलाई लेखाउने त कहिले अब यही महिनाभित्र रेल चलाउँछु भन्दै हिन्ने ओलीबाको जस्तो खेल यो देशाँ न त पैले कसैले खेले, न त भविष्याँ खेल्न सक्नेछन् ।

हुन त हरेक कुरा मैले ग¥याहुम् भनेर भन्न सक्ने आँट जो तोइमा काँ हुन्छ र ? विधुताट चल्ने बस ल्याउ भनेर कुनचाइँ कार्यकर्तालाई रुप्पियाँ कमाउने अवसर पाका ओलीबाले ३ बर्षपछि चार्जिङ्ग स्टेसन बनाउने भनेर ग¥या निर्णय कायान्वयन होला नहोला आफ्नो ठाँ छ ।

तर मैले असाधारण काम गरेँ भनेर भन्दै हिँडने यस्ता हिम्मतिला प्रधानमन्त्रीमा कि त धरहराट फालहाल्ने जंगबहादुर राणा नै हुदाँ हुन्, कि त यिनै धरहरा बनाउने प्रधानमन्त्री केपि ओली नै होलान् । त्यसैले ओलीबाका हरेकदिन आउने भिन्नभिन्न कार्यक्रमले देश उमो लागोस् नलागोस् निर्णय उमो लाएछि हाम्रा लागि त्यै नै बैकुण्ठ होला हैन साइबर कमरेडहरु ।

साइबर सेनाले ओलीबालाई उचाल्दै हिन्ने युवा संघले जनतालाई राहत बाँडदै हिँड्ने भएछि अब देशका जनता लागि के नै बाँकी रयो के ? त्यसैले ओलीबा जिन्दावाद भन्ने बाहेक अरु केहि रहेन । हैन र ?

वेदर्षि

हैन ! ओलीबा का मान्छेहरु साह्रै कडा गाँठे

जो सरकारी जागिर खाने सपना पूरा गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *