नेपाल–खनाल समूहका सांसदहरू भिन्नै छलफलमा

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ पक्ष सांसदहरूसँग छलफलमा जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । नेपाल–खनाल पक्षले सो बैठकमा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।
ओलीले डाकेकाे बैठकमा सहभागी नहुने निर्णयका कारण केही सांसदहरू अन्योलमा रहेपछि नेताहरूले छलफलमा डाकेको सांसद डा. दीपकप्रकाश भट्टले जानकारी दिए ।
ललितपुरको हेरिटेज गार्डेनमा भएको छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले अब कसरी अघि बढ्ने विषयमा सांसदहरुलाई ब्रिफिङ गरेका छन् ।
प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् । तीमध्ये करिब ४० जना नेपाल–खनाल पक्षमा छन् ।





