हुम्लामा खाद्यान्न समस्या : थप दश हजार क्वीन्टलकाे खाद्यान्न माग

सुर्खेत ।  हुम्लामा खाद्यान्न समस्या हुने देखिएपछि थप दश हजार खाद्यान्न कोट माग गरिएको छ ।

चालु आर्थिक वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानी भई बिक्री बितरण भैरहँदा गोदाममा न्यून मौज्दात रहेपछि थप खाद्यान्न माग गरिएको हो ।

जिल्ला खाद्य व्यवस्था समितिको बैठकबाट थप दश हजार क्वीन्टल खाद्यान्न माग गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

एक महिनाका लागि खाद्यान्न वितरण गर्न दुई हजार क्वीन्टल खाद्यान्न आवश्यक पर्ने र पर्याप्त खाद्यान्न गोदाममा नभएपछि पछि समस्या हुने देखिएको थियो ।

हवाई मार्गबाट सुर्खेतबाट छ हजार र नेपालगंजबाट चार हजार क्वीन्टल खाद्यान्न माग गरिएको हो । लिमिटेडबाट पनि थप कोटाको खाद्यान्नका लागि सकरात्मक आस्वासन आएको उनले बताए ।

लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हवाई मार्गबाट प्रतिकेजी १०८ रुपैयाँ सुर्खेत र ११४ रुपैयाँ पचास पैसा नेपालगंजबाट ढुवानी दर लाग्ने गरेको छ ।

लिमिटेडले प्रतिकेजी ६२ रुपैयाँदेखि ८२ रुपियाँमा खाद्यान्न बिक्री गर्दै आएको छ । यसवर्षको लागि जिल्लाको लागि समितिले तीस हजार क्वीन्टल खाद्यान्न माग गरेको भएपनि हवाई तथा पैदल मार्गका लागि सत्र हजार क्वीन्टल मात्र कोटा निर्धारण गरेको थियो । पैदल मार्गको खाद्यान्न भने ढुवानी हुन सकेको छैन ।

हुम्लामा खाद्यान्न समस्या : थप दश हजार क्वीन्टलकाे खाद्यान्न माग

सबैभन्दा सुन्दर इन्द्रेणी देखिने ठाउँ

हुम्लामा खाद्यान्न समस्या : थप दश हजार क्वीन्टलकाे खाद्यान्न माग

तीन दिनदेखि लागेको डढेलो अझै आयन् नियन्त्रणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *