सबैभन्दा सुन्दर इन्द्रेणी देखिने ठाउँ

संसारका सबैभन्दा सुन्दर इन्द्रेणीहरू हवाई  द्वीपमा बन्ने गर्छन् । त्यसैले इन्द्रेणीलाई हवाई द्वीपको संस्कृतिको अहम् हिस्सा पनि मानिन्छ । हवाई भाषाका विभिन्न शब्दमा समेत इन्द्रेणीको झलक पाइन्छ । हवाईको पौराणिक कथामा इन्द्रेणीलाई परिवर्तनका साथै प्रथ्वी र स्वर्गबीचको पुलसमेत भनिन्छ ।

यूएच मानोआ स्कुल अफ ओसिन अर्थ साइन्स एन्ड टोक्नोलोजीका प्रोफेसर तथा लेखक स्टिभन बुसिङ्गरका अनुसार हवाई भाषामा प्रयोग हुने उकाके, काहिली तथा पुनाकेया जस्ता शब्दले इन्द्रेणीका बारेमा वर्णन गरेका छन् ।

उकाकेको अर्थ पृथ्वीसँग टाँसिएको इन्द्रेणी, काहिलीको अर्थ ठडिएको इन्द्रेणी तथा पुनाकेयाको अर्थ कहिलेकाहीँ देखिने इन्द्रेणी हुन्छ । इन्द्रेणी निर्माण हुनका लागि वर्षा, सूर्यको किरण तथा क्षितिजबीच ४० डिग्रीको कोण जरुरी हुन्छ । बिहान सूर्योदय पश्चात सूर्य र क्षितिजबीच बन्ने कोण बढ्ने क्रममा हुन्छ ।

त्यस बेला इन्द्रेणीको उचाइ घट्ने क्रममा हुन्छ यसबेला क्षितिजबाट इन्द्रेणी देखिँदैन । सूर्यास्तको समयमा स्थिति यसको ठीक उल्टो हुन्छ र सूर्यास्त हुनु ठीक अगाडि सबैभन्दा लामो इन्द्रेणी देखिने गर्छ । हवाई द्वीपमा अत्यधिक इन्द्रेणी बन्नुको कारण यहाँको जलवायु र भगौलिक परिस्थिति हुन् । उपोष्णकटिबन्धीय प्रशान्त (subtropical Pacific) क्षेत्र पर्ने हुनाले यहाँ हवा बगिरहन्छ र घरी घरी पानी पर्ने र रोकिने क्रम चलिरहन्छ । बीचको समयमा आकाश साफा देखिन्छ ।

यहाँको मौसममा वायुको ज्यादा प्रभाव देखिन्छ । जसका कारण पटक पटक वर्षा हुने र बीच बीचमा सफा आकाशसमेत देखिन्छ । बुसिङ्गरका अनुसार हवाई द्वीपमा धेरै सङ्ख्यामा इन्द्रेणी देखिनुको कारणमा रातको तातोले समुद्री सतहको वायुमण्डललाई तलबाट न्यानो बनाउँछ भने अन्तरिक्षमा हुने विकिरणले बादलको माथिल्लो भागलाई चिसो बनाउँछ, यसले गर्दा बिहान भारी वर्षा हुन्छ । जसका कारण बिहान इन्द्रेणी देखिन्छ ।

इन्द्रेणी देखिने अर्को कारण भनेको हवाई द्वीपको पहाड पनि हो । पहाडका कारण व्यावसायिक वायुको बहाव पहाड माथितिर हुन जान्छ । जसका कारण वर्षा हुन पुग्छ । यो पहाडका कारण हवाइ रेगिस्तान बन्न पुग्छ । जहाँ १७ इन्चको वरपर वार्षिक वर्षा हुने गर्छ ।

हवाईमा इन्द्रेणी बन्ने अर्को कारण भनेको दिउँसोको तापक्रम । जसले पहाडको स्तरमा वायु सञ्चार हुने गर्छ । त्यसको परिणाम होआहु तथा कायुआईको टुप्पामा दिउँसो वर्षा हुनेगर्छ । जसका कारण सूर्यास्तको समयमा सुन्दर इन्द्रेणी बन्न पुग्छ । उक्त द्वीपमा वायु एकदमै सफा हुनेगर्छ । यस ठाउँमा धुलोका कणहरु हुँदैनन् । यसैले यहाँ एकदमै सफा र सातै रङ स्पष्ट देखिने इन्द्रेणी देखिने गर्छ ।

सबैभन्दा सुन्दर इन्द्रेणी देखिने ठाउँ

बायर्न अन्तिम आठमा

सबैभन्दा सुन्दर इन्द्रेणी देखिने ठाउँ

हुम्लामा खाद्यान्न समस्या : थप दश हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *