म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित
एजेन्सी । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ । शीर्ष चार स्थानको होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले हरायो ।
लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले २ गोल गरेका थिए भने मोहमद सलाह र डिओगो जोटाले एक एक गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरे।
जितपछि लिभरपुल लिगमा पाँचौ स्थानमा उक्लिएको छ। ३५ खेलपछि लिभरपुलको ६० अंक भएको छ। म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ७० अंक रहेको छ भने लेस्टर सिटीको ३६ खेलमा ६६ र चेल्सीको ३६ खेलमा ६४ अंक रहेको छ। त्यस्तै वेस्टह्याम युनाइटेडको ३५ खेलमा ५८ अंक रहेको छ ।
यस सिजनको उपाधि जितिसकेको म्यानचेस्टर सिटीको भने ३५ खेलमा ८० अंक रहेको छ।