मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका छन् । ओलीले केही बेरपछि प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
संविधानअनुसार संघीय संसद्मा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ । सोही कारण हाल कायम मन्त्रीहरुलाई निरन्तरता दिन तयारी गरिएको उनी निकटका एक नेताले नेपाल समयलाई जानकारी दिए।
उनले भने, ‘पुरानै टोलीले शपथ लिनेछ। बजेटसम्मलाई अहिले जो छ उसैले निरन्तरता पाउनेछ ।’