वैशाख महिनामा मात्रै थपिए एकलाख ४२ हजार संक्रमित, ११ सय ९० को मृत्यु

काठमाडौं : वैशाख महिनाभित्र मात्रै जम्मा एक लाख ४१ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार एक सय ९० संक्रमितको मृत्यु भएको छ। मन्त्रालयकाे तथ्यांकअनुसार चार लाख २० हजार ८ सय ८० जनाको कोभिड परीक्षण गरिएको उल्लेख छ।

वैशाख १ गतेदेखि २९ गते सम्ममा भेटिएको संक्रमितको संख्या हो याे। यतिखेर नेपालमा दोस्रो लहरको काेभिड-१९ संक्रमणकाे अवस्था पहिलो लहरको भन्दा जटिल देखिदै गएको छ। अस्पतालमा उपचारका लागि बेड मुस्किलले मात्र पाइने अवस्था छ। अक्सिजनको आपूर्ति माग भन्दा लगभग आधा मात्र छ। जसकारण काेराेनाबाट मर्नेकाे संख्या पनि वृद्धि हुँदै गएको छ।

विगतको तुलनामा वैशाख महिनाबाट कोरोना संक्रमित र मृत्युको संख्या बढेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ तथ्यांक हेर्दा वैशाख १ गते सम्म संक्रमितको संख्या ६ सय ३ थियो। भने ३ जना संक्रमितले ज्यान गुमाएका थिए।

तर, वैशाख ५ गतेदेखि संक्रमणदर उकालो लागेको पाइन्छ। त्यही समयमा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने,चार जनाको ज्यान गएको थियो। संक्रमणको दर बढ्दै गएपछि वैशाख २४ गते ९ हजार एक सय ९६ मा संक्रमण पुष्टि भएको तथ्यांक छ।

त्यसबेला ५० कोरोना संक्रमितको मृत्यु भएको थियो भने, परीक्षणको दर बढेर २० हजार चार सय ८२ पुगेको थियो। त्यस्तै,कोरोनाबाट निको हुनेको दर पनि बढेको छ। वैशाख २८ गते पाँच हजार दुई सय २५ जना कोरोना जितेर घर फर्किएका थिए।

कोरोनाबाट मृत्यु हुनेको संख्या वैशाख २५ गतेबाट फेरि बढेको तथ्यांकमा देखिन्छ। त्यसबेला ५० जनाको मृत्यु भएको थियो। वैशाख २६ गते,२७ गते,२८ गते र २९ गते क्रमश ५३,८८,१३९,२२५ र १६८ जनाको मृत्यु भएकाे छ।

वैशाख महिनामा मात्रै थपिए एकलाख ४२ हजार संक्रमित, ११ सय ९० को मृत्यु

डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

वैशाख महिनामा मात्रै थपिए एकलाख ४२ हजार संक्रमित, ११ सय ९० को मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-01-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *