डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

डोल्पा : कोरोनाबाट जोगिनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। सीमा नाकामा समेत कडाइका साथ निगरानी बढाएको छ। बैङ्कले एक चौथाइ कर्मचारीबाटद्धारा सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले जनाएको छ।

वैशाख २१ देखि ३१ गतेसम्म गरिएको निषेधाज्ञा भोलि सकिँदै गर्दा आज यो निर्णय भएको हो। बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयसहित,संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए।

वैशाख २० गतेको निर्णयले दुनै, त्रिपुराकोट,जुफाल लगायतका बजारहरु बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने,शैक्षिक संस्था ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गर्ने,अत्यावश्यक सामग्री तथा बिरामी ओसारपसारका लागिबाहेक सम्पूर्ण निजी तथा सरकारी सवारी साधन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको गरेको थियो। त्यस्तै, बैठकले होटेल, रेष्टुरेन्ट, शैलुन, पुलहावस सबै पूर्ण रुपमा बन्द गर्ने तथा औषधि पसलहरु २४ घण्टा खुला राख्ने समेत निर्णय गरेको थियो।

डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

कार्टुन : हैन हैन.. याे डार्साप् लाई

डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

वैशाख महिनामा मात्रै थपिए एकलाख ४२ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *