मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पदाधिकारी नियुक्त

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट चार जना डीन, चार जना निर्देशक र नौ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

व्यवस्थापन संकायको डीनमा प्राडा दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।

त्यसैगरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्राडा चन्द्रप्र रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्राडा विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्राडा सुधन झा नियुक्त भएका छन् ।

यस्तै विश्वविद्यालयले नौ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहका अनुसार जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी क्याम्पसको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद पौडेल, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पदाधिकारी नियुक्त

स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग

मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पदाधिकारी नियुक्त

तीन मन्त्री भित्रिए, दुई मन्त्री बाहिरिए

Leave a comment

Your email address will not be published. Required fields are marked *