स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग

सुर्खेत । कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले प्रदेश अस्पताल कालागाउँ र नगर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग गरेको हो ।

विहीवार प्रदेश अस्पतालमा नेपाली काँग्रेसका सभापति कमलराज रेग्मीले प्रदेश अस्पतालका डा। नवराज केसीलाई ५० सेट पिपिई हस्तान्तरण गरे । सभापति रेग्मीले कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सेट सहयोग गरिएको बताए ।

उनले सहयोग सानो भए पनि मानवीय भावनाका कारण स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न पिपिई सेटले सहयोग पुग्ने जनाए । डा. केसीले कोरोनाको संक्रमण दर बढ्दै गएजसरी मानवीय भावना पनि बृद्धि हुँदै गएको बताए । उनले मानवीय भावनाले सहयोग थोरै भए पनि महत्वपूर्ण हुने उल्लेख गरे ।

सो अवसरमा जीपी कोइराला फाउण्डेशनका संयोजक ललित भट्टराई, काँग्रेस क्षेत्रीय सचिव गणेशकुमार पन्तलगायतको उपस्थिति थियो । यसैगरी सोही अवसरमा कटकुवास्थित नगर अस्पताललाई पनि २५ सेट पिपिई वितरण गरिएको छ ।

स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग

जनताले माफी गर्दैनन्

स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग

मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पदाधिकारी नियुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *