ओलीलाई ४ बजेसम्मको अल्टिमेटम, नभए राजीनामा

काठमाडौं : पार्टीभित्रको विवाद समाधानका लागि सहमतिमा आउन नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ ।

आफ्नो पक्षको माग सम्बोधनका लागि दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए । ‘हामीले ४ बजेसम्मको समय दिएका छौँ। त्यो समयभित्र माग सम्बोधन नभएर हामी सामूहिक राजीनामा दिन्छौँ’ उनले भने ।

नेता नेपालसँग ओलीको वार्ता तय भएपनि दिउँसो ४ बजेअघि पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने उनले बताए। त्यसो त पार्टीभित्रको विवाद समाधानका लागि ओली लचिलो बनेका छन् ।

आजै विहान स्थायी कमिटी बैठक राखेर नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि लगाइएको कारवाही फुकुवा गरिसकेका छन्। कारवाही फुकुवा गर्नुले एकताको सम्भावना बलियो बनेको नेताहरुले प्रतिक्रिया दिइरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *