२०८३ जेष्ठ ३० गते
×

Now Playing

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो ।

सातदोबाटोस्थित एन्फाको मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको हो । प्रो लाईसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण थालेका हुन् । उनलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले सहयोग गरिरहेका छन् ।

प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणका लागि ३२ खेलाडीलाई डाकेका छन् । मनिष डांगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले पहिलो पटक नेपाली टोलीको प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।

प्रशिक्षक अब्दुल्लाहले बिहान र दिउँसो दुई सिफ्टमा टिम अभ्यास गराईरहेका छन् । उनले एनएसएलबाट बाहिरिएको टोलीका खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका छन् ।

अब्दुल्लाहले हाल केहि राष्ट्रिय टोलीका खेलाडीलाई प्रशिक्षण बाहिर राखेको छन् । यद्यपि नाम भने सार्वजनिक गरेका छैनन् । जारी एनएसएलपछि उनले नाम सार्वजनिक गर्ने एन्फा स्रोतले बताएको छ ।

आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोलीले प्रशिक्षण थालेको हो । नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ ।

नेपालले गत महिना ३ राष्ट्र सम्मिलित थ्री नेसन्स कपको उपाधि जितेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा बंगलादेश, नेपाल र किर्गिस्तानको यू-२३ टोली सम्मिलित थिए । नेपालले फाइनलमा बंगलादेशलाई पराजित गरेको हो ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोटका बाँकी तीन खेल्नेछ । कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल सुनार, दिप कार्की

डिफेण्डर : अजित भण्डारी, रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकाश खवास, दिनेश राजबंशी,

मिडफिल्डर : त्रिदेभ गुरुङ, मनिष डांगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान, सेसेहाङ आङ्देम्बे, सन्तोष तामाङ, विवेक बस्नेतल, प्रकाश बुढाथोकी, स्यान्सु भुषाल, अन्जन बिष्ट, सुमन लामा ।

स्ट्राइकर : दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ

 

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता तय,

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

म्याकग्रेगर बने सर्वाधिक कमाउने खेलाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *