गुर्भाकोटबाट बाघको छाला सहित एकजना पक्राउ

दिनेश बुढा

सुर्खेत । बाघको छाला सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका ३ कुरील्ले स्थित छिन्चु–जाजरकोट सडकबाट बुधबार साझ जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाघको छाला सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोट ९ का २६ बर्षिय पुरुष वीरेन्द्र कुमार खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीले जनाकारी दिए ।

बिषेश सुचनका आधारमा जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त खत्रीले चलाएको भे ४ प ४८८७ नम्बरको मोटरसाईकलमा बोटेचौरबाट सल्ली बजार तर्फ जाँदै गर्दा उनले बोकेको झोलामा टाउको देखी पुच्छर सम्म भएको चितुवा (बाघ) को छाला सहित खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी गुर्भाकोट शब डिभिजन बन कार्यालय मेहलकुना पठाएको प्रहरीले जनाएको छ ।

 

गुर्भाकोटबाट बाघको छाला सहित एकजना पक्राउ

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता तय,

Leave a comment

Your email address will not be published. Required fields are marked *