एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं : नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका हुन्।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत पार्टीका हरेक सदस्यलाई कम्तिमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराएका थिए।

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदै छ। महाधिवेशनमा १‚९९९ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यसका लागि भोलि ९शनिबार० देशभर प्रतिनिधि चयन हुँदै छ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

डेभिनले विश्वकपको फाइनल खेल गुमाउने

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेपाल परिवार दल कर्णाली प्रदेशको अधिवेशनबाट रुपसिंह

Leave a comment

Your email address will not be published. Required fields are marked *