यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने

काठमाडौं– यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने भएको छ। ललितपुर महानगरपालिका, ललितपुर जिल्ला प्रशासन र गुठियारहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनले भने, ‘कोरोना महामारीका कारण यसपल्ट भोटो जात्रा देखाइने छैन। प्रतीकात्मक रुपमा रथ तानेर जात्रा मनाइनेछ।’

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस पटकको भोटो जात्रा प्रतीकात्मक रूपमा मात्र मनाइने निर्णय भएको बताए। उनले भने, ‘प्रतीकात्मक रुपमा मनाउँदा पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरिनेछ।’

पुल्चोकमा बुधबार रथारोहण गर्ने र जेठ १ गते थारै दूरी तानेर रथयात्रा समापन गर्ने निर्णय भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए।

कोराना महामारीका कारण निषेध आदेश नभएको भए रथारोहणको रौनक हुने थियो। त्यसपछिका दुई महिना पाटनवासी उपत्यकाकै लामो जात्रा मच्छिन्द्रनाथको रथ यात्रामा सहभागी हुने थिए। यसपल्ट त्यो लामो जात्राको उल्लास नहुने भएको छ।

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने

YUGAAWHAN NATIONAL DAILY (2078-01-30)

Leave a comment

Your email address will not be published. Required fields are marked *