यमनको मारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

एजेन्सी । यमनको मारिब क्षेत्रमा गएको २४ घण्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ । द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टा यता निधन भएको समाचारमा उल्लेख गरिएको छ ।

उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन् । त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरूका विरुद्धमा आक्रामक रुमपा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । पछिल्लो समयमा भएको सो हवाई कारबाहीबाट नै ती विद्रोही मारिएका छन् । पछिल्लो २४ घन्टामा पनि साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परेर २५ जना हुथी विद्रोही मारिएका छन् । उता हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन् ।

त्यसमा परेर कम्तीमा पनि २० जना सेना मारिएका स्थानीय अधिकारीले जनाएका छन् । ती अधिकारीले पछिल्लो समयमा विद्रोहीहरूको निसानामा सर्वसाधारण नागरिक पनि पर्ने गरेको बताएका छन्।

हुथी विद्रोहीहरूको आक्रमणमा परेर सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ। गत शनिबार पनि सो क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच ठूलो भिडन्त भएको छ।

तेलका लागि धनी सो क्षेत्रमा विगत लामो समयदेखि यहाँका विद्रोहीहरूले तेल कब्जा गर्नका लागि भिडन्त गर्ने गरेका छन्। तर, यहाँको सरकारी सेनाले पनि यहाँको स्थानीय सरकार र स्थानीय विभिन्न जातिहरूसँग मिलेर विद्रोहीहरूका विरुद्धमा सशक्त कारबाही गर्ने गरेको छ ।

यमनको मारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

छत्तीसगढमा कोरोनाले भयावह स्थिति, संक्रमितका शव जलाउन

यमनको मारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

संघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

Leave a comment

Your email address will not be published. Required fields are marked *