छत्तीसगढमा कोरोनाले भयावह स्थिति, संक्रमितका शव जलाउन ४६ वटा घाट थपियो

एजेन्सी । भारतमा यतिखेर कोरोनाको दोस्रो लहरले भयावह स्थिति निम्त्याएको छ । महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ। त्यसपछि धेरै संक्रमित र मृत्युदर बढेको छत्तीसगढमा संक्रमितको शव जलाउन ४६ वटा नयाँ घाट (श्मशान) थपिएको छ ।

छत्तीसगढका नगरीय प्रशासनमन्त्री शिवकुमार डहरियाले संक्रमितहरूको शव जलाउन लाइन लगाउनुपर्ने अवस्था निम्तिएकाले घाट थपिएको जानकारी दिएका हुन् । त्यहाँको रायपुर, दुर्ग, विलाशपुर, कोरबा, भिलाइृ र रिसाली नगर निगममा थप विद्युतीय शवदाह गृह जडान गर्न निर्देश गरिएको पनि उनले बताएका छन् ।

रायपुरमा मात्रै पछिल्लो २४ सय नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट बढी प्रभावित पाँच राज्यमध्ये महाराष्ट्रपति छत्तीसगढमा रहेको भारतको केन्द्र सरकारले जनाएको छ । कोरोना संक्रमित संख्या बढेपछि रायपुर जिल्लाको इनडोर स्टेडियमलाई नै अस्पताल बनाइएको छ । त्यहाँ अक्सिजन सुविधायुक्त ३२० वटा नयाँ शय्या राखिएको छ ।

राज्यका २८ मध्ये २० जिल्लामा पूर्ण लकडाउन लगाइएको बीबीसी हिन्दीमा उल्लेख छ। तर, लकडाउन घोषणा गरिएपनि कोरोना संक्रमणको आंकडा लगातार बढिरहेको छ । अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका उपचार कक्ष खचाखच भरिएका छन् ।

अस्पतालका प्यासेज र सिंढीमा घण्टौंसम्म लाइन बसेपनि संक्रमितहरूले रेमडेसिभिर इन्जेक्सन लगाउन पाएका छैनन् । उनीहरूलाई सिफारिस गरिएको औषधि उपलब्ध गराउन मुम्बई र हैदरावादको प्रशासनिक सेवाका दुई अधिकृतलाई तैनाथ गरिएको छ । ती अधिकारीहरूले कम्पनीबाट सीधै छत्तीसगढमा रेमडेसिभिर इन्जेक्सन आपूर्ति गराउने बताइएको छ ।

छत्तीसगढमा दैनिक औषत ३०० टन अक्सिजन उत्पादन हुने गरेको छ। सो मध्ये लगभग ५६ टन अक्सिजन खपत राज्यमै हुनेगर्दछ। करिब ३० टन अक्सिजन त्यहाँका अस्पतालहरूमा पठाइने गरिन्छ ।

कोरोना संक्रमित बढेसँगै अक्सिजन खपत बढ्दा पनि अभाव हुन नदिन राज्यको स्वास्थ्य विभागले महामारी निर्देशिका बमोजिम सूचना जारी गरेको छ। राज्यभित्र उत्पादन हुनेमध्ये ८० प्रतिशत अक्सिजन अस्पतालहरूमा आपूर्ति गर्न निर्देश गरिएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ६८ हजार संक्रमित थपिएका छन् भने ९०४ संक्रमितको ज्यान गएको छ ।

छत्तीसगढमा कोरोनाले भयावह स्थिति, संक्रमितका शव जलाउन ४६ वटा घाट थपियो

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

छत्तीसगढमा कोरोनाले भयावह स्थिति, संक्रमितका शव जलाउन ४६ वटा घाट थपियो

यमनको मारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *