संघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुन ६४ दिन बाँकी छ । तर अहिलेसम्म पार्टीका मतदाता (क्रियाशील सदस्यहरु) को नै टुंगो लाग्न सकेको छैन ।

देशभर नयाँ वितरण वा नवीकरण गरिएका क्रियाशील सदस्यबारे उजुरी लिएर छानबिन गर्न पनि बाँकी रहेकाले २०७८ भदौ पहिलो साता शुरु हुने अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका कांग्रेस नेताहरुमा देखिएको छ ।

कांग्रेसका अनुसार १४ औं महाधिवेशनमा पार्टीमा क्रियाशील सदस्य संख्या १० लाख बढी हुनेछ । १३ औं महाधिवेशन गर्दा कायम ४ लाख ७० हजार क्रियाशील सदस्यलाई दोब्बर पुर्‍याउने पार्टीको निर्णय छ । त्यसमा अरु पार्टीबाट आएकाहरुलाई दिइएको संख्या जोड्दा क्रियाशील सदस्य १० लाखभन्दा बढी हुनेछ ।

विगतका वर्षहरुमा क्रियाशील सदस्यको विवरण रहेको ढड्डा जिल्लामा हुन्थ्यो र महाधिवेशनका बेला त्यसलाई केन्द्रमा पठाइन्थ्यो । यो पटक प्रचार विभागले वेबसाइटमा इन्ट्री गर्ने व्यवस्था मिलाएको छ र ७७ जिल्ला सभापतिलाई नवीकरण तथा १६५ क्षेत्रीय सभापतिलाई नयाँ सदस्यताको डेटा (तथ्यांक) इन्ट्री गर्ने जिम्मेवारी दिइएको छ ।

क्रियाशील सदस्यको नाम, ठेगाना, जन्ममिति, राजनीतिमा संलग्नताका साथै क्रियाशील सदस्यता नम्बर पनि वेबसाइटमा इन्ट्री गर्नुपर्ने हुन्छ । पटकपटक म्याद थप्दा पनि क्रियाशील सदस्यको डेटा इन्ट्री सकिएको छैन । आइतबार साँझसम्म पौने ६ लाख क्रियाशील सदस्यको विवरण मात्र इन्ट्री भएको छ ।

संघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

यमनको मारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको

संघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

खरको छाना हटाऔँ

Leave a comment

Your email address will not be published. Required fields are marked *