एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

एजेन्सी । एट्लेटिको म्याड्रिड पुन: स्पेनीस ला लिगाको शीर्ष स्थान पुगेको छ । आइतबार भएको रियल बेटिससँग १–१ को संघर्षपूर्ण बराबरी खेल्दै शिर्ष स्थानमा पुगेकाे हाे। यो नतिजापछि एटलेटिकोको अग्रता एक अंकमै सीमित रह्यो ।

यसअघि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्लेको थियो । एटलेटिकोले यानिक करास्कोको गोलमा अग्रता लिएपछि बेटिसका तर्फबाट क्रिस्टिन टेलोले बराबरी गोल फर्काएका थिए ।

जनवरीको अन्त्यमा डिएगो सिमोनीको एट्लेटिको शीर्ष स्थानमा १० अंकले अगाडि थियो । तर उसले खेलेका पछिल्ला ११ खेलमध्ये ३ मा मात्र जित निकाल्न सकेको छ । एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ । रियलको ६६ अंक रहेको छ। रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत

एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

राष्ट्रपति रनिङ शिल्ड : कोरोना जोखिमका कारण

Leave a comment

Your email address will not be published. Required fields are marked *