राष्ट्रपति रनिङ शिल्ड : कोरोना जोखिमका कारण फाइनलका सबै खेल आज

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आज सोमबार फाइनल खेल हुँदैछ ।

प्रतियोगिता अन्तर्गत भलिबल र कबड्डी लगायत सबै खेलको अन्तिम प्रतिष्पर्धा आजै गर्न लागिएको आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन खुसराज दाहालले जानकारी दिएका छन् ‌।

चैत ३१ गते भोलि मंगलबार प्रतियोगिता समापन गर्ने तयारी गरिएपनि कोरोनाका कारण फाइनल प्रतिष्पर्धा आजै सोमबार गरी विजेताहरूलाई पुरस्कार वितरण गर्ने तयारी भएको कार्यालय प्रमुख दाहालले जानकारी दिए । प्रतियोगितामा हिजो आइतबार ज्याभलिङ थ्रो, सटपुट र दौडमा प्रतिष्पर्धा भएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड : कोरोना जोखिमका कारण फाइनलका सबै खेल आज

एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *