जाजरकोटमा लागुऔषध बोकेका शिक्षकसहित चारजना पक्राउ

जाजरकोट : हप्ता दिनभित्र जाजरकोटमा शिक्षक र भारतीय नागरिकसहित चारजना लागुऔषध कारोबारी पक्राउ परेका छन्।

आज बिहानमात्र भेरी नगरपालिका-२, डिगाका ५० वर्षीय चक्रबहादुर थापा र वडा नं ४ का विजय भारतीलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार पनि लुकाइछिपाइ अवैधलागु औषध चरेस लिन थालेका एक भारतीयसहित दुई जनालाई जाजरकोट प्रहरीले बसपार्कबाट पक्राउ गरेको थियो।

भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ वर्षीय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० वर्षीय उबेद खान सदरमुकामस्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेससहित पक्राउ परेका हुन्‌।

​उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए।

थापा कालिका आधारभूत विद्यालय डिंगाका शिक्षक हुन्।

जाजरकोटमा लागुऔषध बोकेका शिक्षकसहित चारजना पक्राउ

रहेनन् शैक्षिक अभियन्ता कार्की

जाजरकोटमा लागुऔषध बोकेका शिक्षकसहित चारजना पक्राउ

घुँत्रयाे : हैन ! कर्नालीमा पहिलाकी कृषि

Leave a comment

Your email address will not be published. Required fields are marked *