रहेनन् शैक्षिक अभियन्ता कार्की

सुर्खेत । सुर्खेतका शैक्षिक अभियन्ता एवम् समाजसेवी सिताराम कार्कीको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । उपचारका क्रममा मंगलबार ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा निधन भएको हो ।

उनलाई साउनको दोस्रो साता कोरोना संक्रमण भएको थियो । सुर्खेतमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लिइएको थियो । मृतक कार्कीले सुर्खेतको शैक्षिक विकासमा अतुलनिय योगदान पु¥याएका छन्

। मौदगल्य सेवा समाज सुर्खेतको अध्यक्ष भएका बेला उनकै अगुवाइमा विश्वविद्यालय स्थापनाका लागि धनधान्याञ्चल महायज्ञ सञ्चालन गरिएको थियो । सुर्खेत बुद्धिजीवि परिषद्, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशसन (प्याब्सन), लाइन्स क्लव जस्ता दर्जनबढी सामाजिक संघसंस्थामा सक्रिय थिए । आदर्शराज मेमोरिय बोर्डिङ स्कूलका संस्थापक हुन् । झापामा जन्मिएका कार्कीले सुर्खेतलाई कर्मथलो बनाएका थिए ।

रहेनन् शैक्षिक अभियन्ता कार्की

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

रहेनन् शैक्षिक अभियन्ता कार्की

जाजरकोटमा लागुऔषध बोकेका शिक्षकसहित चारजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *