विपी स्मृति भवनलाइ युवा नेताबाट सहयोग

प्रचण्ड खत्री, भाद्र २१ रुकुम ।

नेपाली काँग्रेस रुकुम पश्चिमको निर्माणधिन विपी स्मृति भवनका लागि नेपाली काँग्रेसका युवा नेता एवं महाधिबेशन प्रतिनिधि राजु केसीले दुई लाख नगद सहयोग गर्नु भएको छ । सोमबार नेपाली काँग्रेसको पार्टि कार्यालय खलंगामा महाधिबेशन प्रतिनिधि केसीले पार्टिका कोषाध्यक्ष मोहविर खड्कालाई दुई लाख पाँच सय पाँच रुपैया नगद हस्तान्तरण गर्नुभएको हो ।

 हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सचिब गोर्ख बहादुर खत्री, मुसिकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिम बहादुर विष्ट, नेपाली काँग्रेसका युवा नेता ओम केसी, नेपाल पत्रकार महासघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लाल बहादुर ओली लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस रुकुम पश्चिमको सुविधान सम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणका लागि जो कसैले पनि इच्छा अनुसार आर्थिक सहयोग गर्न सक्नेछन् । विपी स्मृति भवन निर्माणमा सहयोग गर्न नेपाल बैंक लिमिटेड रुकुम शाखाको खाता न ०७७००१००७३०३६५०००००१ र एभरेस्ट बैंक रुकुम पश्चिम शाखा खाता न ०५५००१०५२००२७७ मा सहयोग रकम जम्मा गर्ने सकिने छ । हाल नेपाली कांग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

विपी स्मृति भवनलाइ युवा नेताबाट सहयोग

नेपाली कांग्रेसको ११ वडामा सर्वसहमतिबाट वडा पदाधिकारी

विपी स्मृति भवनलाइ युवा नेताबाट सहयोग

YUGAAWHAN NATIONAL DAILY (2078-05-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *