नेपाली कांग्रेसको ११ वडामा सर्वसहमतिबाट वडा पदाधिकारी चयन

दुर्गा विसि/भाद्र २१, सल्लीबजार ।

नेपाली कांग्रेसको बनगाड कुपिण्डे नगरपालिका भित्रका १२ वडा मध्य ११ वडामा प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ ।१४ औं महाधिवेशनकाे लागि केन्द्रकाे कार्य तालिका अनुसार अाज अन्य क्षेत्रको जस्तै सल्यान पश्चिम काे वडा अधिवेशन सम्पन्न भएको छ ।

वडा अधिवेशनले नगर तथा क्षेत्रिय प्रतिनिधि र वडा पदाधिकारी समेत चयन गरेको छ ।वडा सभापतिमा १ नं मा रामकुमार माझी,२ मा विष्णुप्रसाद शर्मा,३ मा ईन्द्र पुन,४ मा तुलसि वुढा,५ मा निमवहादुर वुढा,६ मा लाेकेन्द्र सिं,७ मा सुकदेव कवँर,८ मा भिमवहादुर वुढा,९ र १० काे नाम खुलेको छैन भने वडा १२ मा खुमलाल वलि वडा सभापतिमा सर्व सहमति चयन भएको नेपाली कांग्रेस नगर कार्य समितिले जनाएको छ ।

त्यसै गरि ३ नं वडामा विवाद हुदा माइनुट समेत च्यात्तिएको थियोे भने अन्तमा सहमति वनेकाे निर्वाचन पदाधिकारी विरवहादुर शाहीले जानकारी दिएका छन् ।अर्को वडा ११ भने निर्वाचन पदाधिकारी तथा अधिकृत लाेकवहादुर विसिले निर्वाचन कार्या तालिका सार्वजनिक नगरेको भन्दै जिल्ला कार्य समिति सदस्य दुर्गा खड्काकाे टिमले अवरोध सृजना पछि उक्त वडामा वडा पदाधिकारीसँगै प्रतिनिधि छनौट हुन सकेन ।

बाँकी अन्य वडाहरुमा भने सर्व सहमतिमै टुंगो लागेको नेपाली कांग्रेसका सभापति टाेपवहादुर भण्डारी जानकारी दिएका छन् । नयाँ निर्वाचित पदाधिकारी रामकुमार माझीले भने नेपाली कांग्रेसले सुन्दर लाेकतान्त्रि पदति अपनाएको र यसकाे जग वडा भएकोले सबैले यसलाई वलियाे बनाउनुपर्ने वताए ।

नेपाली कांग्रेसको ११ वडामा सर्वसहमतिबाट वडा पदाधिकारी चयन

मन्त्री बुढाक्षेत्रीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता

नेपाली कांग्रेसको ११ वडामा सर्वसहमतिबाट वडा पदाधिकारी चयन

विपी स्मृति भवनलाइ युवा नेताबाट सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *