‘द भ्वाइस अफ नेपाल’को ‘लाइभ शोमा’ कर्णराज र सोनामको प्रवेश

‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण शुक्रबारदेखि सुरु भएको छ ।

शुक्रबार टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले आफ्नो गायनकला प्रस्तुत गरेका थिए ।

शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् ।

यस्तै, टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् ।

आउँदो शुक्रबार प्रशारण हुने शोमा टिम प्रमोद र टिम दिपका ३–३ जना प्रतिस्पर्धीले लाइभ शोका लागि प्रतिस्पर्धा गर्नेछन् ।

२ साता कोरोना संक्रमणका कारण रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण शुक्रबारदेखि सुरु भएको हो ।

तर, आज शनिबार भने नकआउट चरण प्रशारण हुनेछैन ।

यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ कोचको रुपमा रहेका छन् ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ ।

 

‘द भ्वाइस अफ नेपाल’को ‘लाइभ शोमा’ कर्णराज र सोनामको प्रवेश

यौनकर्मी भन्दै मलाई भेदभाव गरे : माहिका

‘द भ्वाइस अफ नेपाल’को ‘लाइभ शोमा’ कर्णराज र सोनामको प्रवेश

ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको

Leave a comment

Your email address will not be published. Required fields are marked *