अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । अष्ट्रेलियन सरकारले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।
उक्त सहयोग सामग्री नेपालका लागि अष्ट्रेलियाका राजदूत फैलीसिटी जेन भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सेनालाई हस्तान्त्रण गरिन्। सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले बुझेका छन् ।
शर्माले अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे। कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याइएको थियो ।






