महतोको विखण्डन आन्दोलन ओलीले थाहा नपाएको सुन्दा​ चकित छु : वामदेव

काठमाडाैं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे अनविज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएको भन्दै गौतमले आफू दुखी भएको उल्लेख गरेका हुन्।

‘संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो।’

फेसबुकमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गौतमले लेखेका छन्, ‘ राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन। नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन। राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’

https://www.facebook.com/BamdevGautam.com.np/posts/4194503810607173

महतोको विखण्डन आन्दोलन ओलीले थाहा नपाएको सुन्दा​ चकित छु : वामदेव

मार्क जुकरबर्गमाथि भड्किए ट्रम्प, फेसबुक र इन्स्टामा

Leave a comment

Your email address will not be published. Required fields are marked *