कार्यकर्ता रिहा गर्न माग

सुर्खेत २३ माघ नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सुर्खेतले गत माघ १६गते मालपोत कार्यालय सुर्खेतमा पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले सुर्खतका कोषाध्यक्ष गोविन्दनाथ योगी, यामनाथ योगी, शेर्जु शाह, गणेश खड्का र गङ्गनाथ योगी लगायतका कार्यकर्ताहरुलाई विनशर्त रिहा गर्न माग गरेका हुन् ।
मालपोतको सेवालाई छिटो र छिरितो बनाउन आग्रह गर्न गएका कार्यकर्ताहरुलाई विना कारण प्रशासनले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्नुपर्ने नेमकीपाको माग छ ।।।।जनताको सेवालाई छिटो र छरितो बनाउन माग गर्न गएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ’ नेमकीपाका केन्द्रीय सदस्य नवराज कोइरालाले भने, ।।।
कार्यकर्ताहरुलाई छुट्टा मुद्धा लगाइयो र तत्काल रिहा गरिएन भने चरणबद्ध आन्दोलन गर्न बाध्यत हुन्छौँ ।’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शक्तिको दुरुपयोग गर्दै कार्यकर्ताहरुलाई पक्राउ गर्न लगाएको उनको आरोप छ ।






