मोडेल कलेजबाट नेपाल प्रथम हुने ढकाल सम्मानित

सुर्खेत, २३ माघ ।
सुर्खेत मोडेल कलेजबाट विविएस परीक्षामा सर्वोत्कृष्ट अंकसहित नेपाल प्रथम हुने कलेजका छात्र गणेश ढकाललाई सम्मान गरिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगतको विविएस परीक्षामा उत्कृष्ट हुन सफल छात्र ढकालसहित अन्य उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको हो । कलेजले एक कार्यक्रमवीच उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मानित गरेको हो ।

सोही अवसरमा नेपाल प्रथम हुने छात्र ढकाल, उहाँका बुवा, आमा, विविएस दोस्रो बर्ष कर्णाली प्रदेश प्रथम हुन सफल ललित बुढामगर र विइएम दोस्रो सेमेष्टरमा काठमाडौं उपत्यका बाहिर प्रथम हुन सफल अञ्जना राम्जालीलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले मोफसलमा रहेका क्याम्पसहरुले प्रवाह गरेको शैक्षिक गतिविधिहरुको प्रशंसा गर्नुभएको थियो ।

सुर्खेत मोडयेल कलेजले आफ्नो छविलाई केवल यस क्षेत्रमा मात्र नभएर समग्र देशकै एउटा उत्कृष्ट कलेजको रुपमा स्थापित गरेको उहाँले चर्चा गर्नुभएको थियो । अव शैक्षिक संस्थाहरुवीच प्रतिस्पर्धा मात्र नभएर एक अर्का विच समन्वय र सहकार्य पनि गर्नुपर्ने आवश्यकता रहेको डीन शर्माले बताउनुभयो ।

कार्यक्रममा विविएस तर्फ नेपाल प्रथम भएर सम्मानित हुने छात्र गणेश ढकालले आफ्नो शैक्षिक सफलतामा सुर्खेत मोडेल कलेजको महत्वपूर्ण भूमिका रहेको कुरालाई जोड दिँदै कलेज परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । त्रिभूवन विश्वविद्यालय अनुगमन निर्देशनालयका निर्देशक विष्णु खनाल, व्यवस्थापन संकायका सहायक डीन डा. दिनेशमणी घिमिरे, सुर्खेत क्याम्पस शिक्षाका प्रमुख माधव प्रसाद खनाल, म.प. विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकाल, जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक याम बहादुर श्रेष्ठ, सुर्खेत मोडेलका त्रि.वि. प्रतिनीधि टंक प्रसाद आचार्य, वीरेन्द्रनगर वडा नं. ८ का वडा अध्यक्ष थम्म प्रसाद गौतम लगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई तथा कलेजको प्रसंशा गर्नुभएको थियो ।

मोडेल कलेजबाट नेपाल प्रथम हुने ढकाल सम्मानित

गोठमै सुत्केरी हुन बाध्य

मोडेल कलेजबाट नेपाल प्रथम हुने ढकाल सम्मानित

कार्यकर्ता रिहा गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *