गोठमै सुत्केरी हुन बाध्य

हुम्ला २३ माघ,दुर्गमका महिलाखार्पुनाथ गाउँपालिकाकोएक वडामा परम्परागत रुपमै महिलाहरुगोठमै सुत्केरी हुन बाध्य छन् ।
वडाको स्वास्थ्य चौकीमा प्रसूति गृह नभए पछिघरको गोठमा बच्चा जन्माउन बाध्यहुनुपरेको हो । चंखेली गाउँपालिका वडानम्बर ५ की जानकी ऐडीले गाउँमा महिलाहरु अहिले पनि गोठमै सुत्केरीहुनु पर्ने बाध्यता रहेको बताइन्।

स्वास्थ्य चौकीमा सुत्केरी गराउनका लागि आधुनिक सुविधा सम्पन्न प्रसूति गृहको व्यवस्था नभएपछि गाउकै गोठमा महिलालाई परम्परागत सुडेनीबाट सुत्केरी गराउनु बाध्यता
रहेको हो। गर्भवती महिलाहरु सुत्करी हुन कठिन भएको बेला हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको भए पनि अन्य सबै महिलाहरुले गोठमै सुत्केरी हुनु बाध्यता रहेको स्थानीय जनक रावलले जनाएका छन ।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले
वडा नम्बर २ मा साउनयता १७ जना महिलाहरु गोठमै सुत्केरी भएको बताए । उक्त वडाबाट पसूति गृहमा सुत्केरी भएबापत पाउने भत्ता सबै फिर्ता जाने गरेको छ । यद्यपि उनीहरुको गर्भ जाँच भने
अहिले हुने गरेको छ ।

गोठमै सुत्केरी हुन बाध्य

सासू बुहारी (स्वतन्त्र) : कविता

गोठमै सुत्केरी हुन बाध्य

मोडेल कलेजबाट नेपाल प्रथम हुने ढकाल सम्मानित

Leave a comment

Your email address will not be published. Required fields are marked *