आरन पेसा बचाउन जुटेका वडाध्यक्ष

मुगु २३ माघ,हिमाली जिल्ला मुगुका १ जनप्रतिनिधिले लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर साँवतले यो कार्यक्रम थालेका हुन् । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको वडाध्यक्ष साँवतले बताए । उनले भने, । 

पहिलो पटक छायानाथ रारा नगरपालिका वडा नम्बर १३ लुमका ७० वर्षीय हर्क कामी र सोही वडाकै रुगागाउँका गोरबहादुर कामीलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको छु’, वडाध्यक्ष साँवतले भने । उनीहरूलाई आफर, रेत, घन, हतौडा, सनासोलगायत सामान वितरण गरिएको उनले बताए । व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ । कार्यक्रममा हर्क कामीले विगत देखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए ।

पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ,’ कामीले भने, ।।।पछि खँलात पनि पाइन छाडे । अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।’आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । ।।। बीचमा आरन चलाउने कुनै सामान थिएनन् । वडाध्यक्षको सहयोगपछि अब यो पेसालाई निरन्तरता दिने सोच छ’, उनले भने । वडाध्यक्ष साँवतले नगरभित्र आरन पेसा चलाइरहेका व्यक्ति पहिचान गरी आवश्यक सामग्री वितरण गरिने बताए । वडाध्यक्ष साँवतले नगरपालिकाका गरिब, विपन्न, असहाय, टुहुरा बालबालिकालाई व्यक्तिगत लगानीबाट कम्बमललगायत न्यानो कपडा वितरण गर्दै छन्।

आरन पेसा बचाउन जुटेका वडाध्यक्ष

कार्यकर्ता रिहा गर्न माग

आरन पेसा बचाउन जुटेका वडाध्यक्ष

दोस्रो चरणको खेल तालिका सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *