माइक्रोसफ्ट च्याम्पियन सीपमा कर्णालीले सहभागीता जनाउने

सुर्खेत, २३ माघ ।
सुचना प्रविधि क्षेत्रमा विश्वको सबै भन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन सीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । डेलाइट आइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन लागेको हो ।

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीपग्लोवल कम्पीटिसन हो । प्रतियोगीतामा सहभागी विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण हुन्छ । सहभागी विद्यार्थीले माईक्रोसफ्ट सर्टिफिकेशन पाउँछन् । यो एक अन्तराष्ट्रिय प्रमाणपत्र हो । प्रतियोगिता जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय गरेर तीन तहमा हुने सेन्टरका सञ्चालक तथा माईक्रोसफ्ट अफिस स्पेशलिष्ट डिष्ट्रीक अपरेसन म्यानेजर इ. प्रकाश खनालले जानकारी दिए ।

प्रतियोगीतामा १३ वर्ष पूरा भई २२ वर्ष ननाघेका प्रतियोगीहरु सहभागी हुन पाउँछन् । जिल्ला स्तरका विजेताहरु राष्ट्रिय प्रतियोगीतामा प्रतिष्पर्धाका लागि पोखरा जान पाउँछन् । ‘पोखरामा हुने राष्ट्रिय प्रतियोगीतामा ७७ वटै जिल्लाका बिजेताहरुबीच प्रतिस्पर्धा हुनेछ,’ खनालले भने, ‘प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियन सीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जान पाउँछन् ।’

कार्यक्रम संयोजक पदम खनालले कोरोना संक्रमणका कारण पछिल्लो समय विद्यार्थीहरु अनलाइन कक्षामा अभ्यस्तभइ राखेकाले प्रतियोगीतामा विद्यार्थीहरुलाई त्यसको फाइदा पुग्ने बताए । उनले विद्यार्थीहरुमा सिप विकासका साथै खाली समयको सदुपयोग हुने, विश्वकै ठूलो प्रतियोगीतामा सहभागी हुन पाइने, देश–विदेशका विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाइने लगायतका फाइदाहरु सहभागीलाई हुने बताए ।

विगत १८ वर्षदेखि भइरहेको प्रतियोगीतामा सन् २०२० मा मात्रै एक सय ३५ देशका १० लाख भन्दाबढी विद्यार्थीले सहभागिता जनाएका थिए । नेपालले २०१३ मा वल्ड च्याम्पियन सीपको उपाधि प्राप्त गरेको छ । प्रतियोगीतामा सहभागी हुनका लागि फागुन २० गतेभित्र फारम भर्नुपर्ने हुन्छ भने सहभागीलाई तालिमको व्यवस्था आयोजक संस्थाले गर्नेछ ।

माइक्रोसफ्ट च्याम्पियन सीपमा कर्णालीले सहभागीता जनाउने

बन्द सफल पार्न मुख्यमन्त्री सडकमा !

Leave a comment

Your email address will not be published. Required fields are marked *